विराटनगर विमानस्थलमा बाढी पस्यो

विराटनगर । विराटनगर । गए राती परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा बाढी पसेपछि हवाई सेवा अवरुद्ध भएको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलभित्र पसेपछि विमानस्थलको रन्वे तथा काउन्टर समेत डुबानमा परेको छ ।
विमानस्थलको रन्वे लगायत विमानस्थल कार्यालय परिसरमा दुई फिटसम्म पानी जमेको प्रहरीले जनाएको छ । विमानस्थलमा बाढी पसेपछि काठमाडौंबाट आएका दुई वटा विमानलाई सुरक्षित स्थानमा राखिएको छ ।
हिजो बिहानदेखि परेको अविरल वर्षाका कारण बेलुका चार बजेदेखि विराटनगर विमानस्थलमा विमान सेवा अवरुद्ध भएको थियो । राती थप वर्षा भएपछि विमानस्थलमा बाढी पसेको हो ।








प्रतिक्रिया राख्नुहोस्