तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । 

शिवनाथ –६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button