तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार ९६ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कूल ९ हजार ९ सय १६ नमूनाको परीक्षण उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा थप १ हजार ४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ७ लाख ८३ हजार ३ सय ९७ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । मन्त्रालयका अनुसार सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । 

थप १२ जनाको मृत्यु भएसँगै हालसम्म ११ हजार ३ सय ५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

आज थपिएकासहित हाल देशभर ११ हजार ८ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button