तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्कहरूले निक्षेपमा ब्याजदर बढाए

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्कमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप रकम जोगाउन आकर्षक ब्याजदर सार्वजनिक गरेका छन् ।

निक्षेपमा ब्याजदर बढाउने होडबाजीमा उत्रिएका बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदर दोहोरो अङ्कमा पुर्‍याएका छन् ।

बैङ्कको निक्षेप बढाउने रणनीति अनुसार हिमालयन बैङ्कले सबैभन्दा बढी ११ दशमलव ६६ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ । हिमालयन बैङ्कलाई पछ्याउँदै एनआईसी एसिया बैङ्कले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।

यस्तै हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन बढी बैङ्कहरूले पनि निक्षेपमा ब्याजदर बढाउँदै दोहोरो अङ्कमा पुर्‍याएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button