महाकाली नदीको बाढीमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर आउँदै

कञ्चनपुर । अविरल वर्षाले आएको बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा एकै परिवारका पाँच जना टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले बाढीका कारण फसेकाहरूको उद्धारका लागी हेलिकप्टर माग गरिएको र छिटै उद्धार गरिने बताउनुभएको छ ।
उहाँले बाढी प्रभावित क्षेत्रको अनुगमन गरिरहेको र उद्धारका लागी सबै सुरक्षा निकायहरूलाई परिचालन गरी सकिएको बताउनुभएको छ ।
स्थानीय करबिर चन्दका अनुसार सान्ती नायक, पुष्कर नायक, अशोक नायक, सुरज नायक र अर्जुन नायक नदीको भँगालोबाट बनेको टापुमा फसेका छन् । उनीहरू रुखमा चढेर ज्यान जोगाएका छन् ।
सोमवार राती बस्तीदेखि पर रहेको कुखुरा फार्ममा कुरुवा बस्न नायक परिवार गएका थिए । राती महाकाली नदीको भँगालोले कुखुरा फार्म क्षेत्रलाई चारैतिरबाट घेरेपछि उनीहरू फसेका हुन ।








प्रतिक्रिया राख्नुहोस्