बैतडीका एक व्यक्तिको मलेसियामा मृत्यु
बैतडी । बैतडीका एक व्यक्तिको मलेसियामा मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा न–५ बिनाबस्ती निवासी ४२ वर्षीय धनञ्जय जोशीको गए राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
विगत ३ दिनदेखि अस्पताल भर्ना भएका जोशीको गए राति मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताउनुभयो ।
मृतक जोशी विगत ५ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । उनको घरमा श्रीमती, २ छोरी र १ छोरा रहेका छन् ।
शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई २ दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्