मृतकका परिवारलाई १० लाख बराबरको चेक प्रदान
बारा । बारामा जङ्गली हात्तीको आक्रमणले ज्यान गुमाएका परिवारलाई पर्सा राष्ट्रिय निकुञ्जले क्षतिपूर्ति प्रदान गरेको छ ।
गएको असार १८ गते बिहान ८ बजे कलैया उपमहानगरपालिका वडा नम्बर २ औधापुरमा जङ्गली हात्तीको आक्रमणबाट रामदेव पटेलको ज्यान गएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षतिपूर्ति निर्देशिका बमोजिमको रु.१० लाख बराबरको चेक एक कार्यक्रमका बिच नेपाल सरकारका बन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले मृतककी श्रीमतीलाई हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री उषा यादव, प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, प्रदेश सांसद पारस साह, संविधान सभा सदस्य प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्