तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंं १ का वर्ष २७ दीपलाल महरा र सोही ठाउँका वर्ष २१ हरिचन महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

मोटरसाइकलमा सवार लालबाबु पासवान गम्भीर घाइते भएका छन् । बा.४८ प ५५२२ नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

तीव ग्रतिमा मोटरसाइकल कुदाएका कारणले अनियन्त्रित भएर रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button