गोरखामा ४.३ रेक्टरको परकम्प

काठमाडौं । गोरखाको मानबु आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ ।
बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
परकम्पको धक्काको महशुस भई स्थानीय बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्