तपाईँ सुन्दै हुनुहुन्छः

बेसाहारा बालबालिकालाई राहत वितरण

डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–७ भुमिराजमाडौँका बेसाहारा बालबालिकालाई एमटीएस नामक गैह्रसरकारी संस्थाले राहत वितरण गरेको छ ।

बुबाको मृत्यु भएपछि आमाको स्वास्थ्य अवस्था बिग्रेर साहाराबिहिन बनेका तीन बालबालिकालाई उक्त संस्थाले राहत बितरण गरेको हो ।

करिब छ वर्ष पहिले बुवा रणबहादुर नेपालीको मृत्यु भएपछि उनीहरुका आमाको अवस्था पनि नाजुक बनेपछि छोराछोरीहरु १० वर्षीया खञ्जरी, ६ वर्षीया गच्ची र ३ वर्षीय पारस नेपाली विचल्लीमा परेका छन् ।

दसैँको समयमा पनि खाद्यान्न नहुँदा तीन बालबालिकालाई समस्या भएको जानकारी पाएपछि आफुहरुले राहतका लागि खाद्यान्न तथा लगाउनका लागि लुगाकपडा बितरण गरेको उक्त संस्थाका जिल्ला संयोजक डबलबहादुर बमले बताउनुभयो ।

उक्त संस्थाले ५० किलो चामल, दाल, नुन, तेल, साबुन र न्यानो लुगासहितका सामग्री बितरण गरेको वडाअध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button