स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसरण गरी चाडपर्व मनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बडादसैँ २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै सामाजिक सु–प्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरू हाम्रा पूर्वजले उत्सवहरूका रुपमा विकास गरेको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा सामाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत सबैमा आह्वान गर्नुभएको छ ।
कोभिड–१९ को जोखिम समाप्त भई नसकेको अवस्थामा संक्रमण बिस्तारबाट बच्न सम्पूर्णलाई भौतिक घुलमिलमा सजगता अपनाउन आग्रह गर्नुहुँदै एमाले अध्यक्ष ओलीले बडादसैँको उत्सवमा सहभागी हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसरण गर्न पनि आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्