तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास’

काठमाडौँ ।  मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । 

उहाँले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीको आमसरोकारको विषय स्मरण भइरहेको छ भन्ने सन्दर्भ उल्लेख गर्दै कोरोनाबाट सुरक्षित होऔँ र सुरक्षित साथ दसैँ मनाऔँ भन्ने आव्हान पनि गर्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button