तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा भिडभाड हुने क्षेत्रमा ड्रोन र तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा निगरानी

धनगढी । कैलालीमा प्रहरीले भिडभाड हुने क्षेत्रमा ड्रोन र  तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा निगरानी बढाएको छ । 

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल–भारत सिमानाकामा कडाइ गरिनुका साथै भिडभाड हुने जस्ता सुरक्षा संवेदनशील क्षेत्रमा ड्रोनसँगै तालिम प्राप्त कुकुर मार्फत चेकजाँच थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी निरीक्षक लोकेन्द्र सिंहको नेतृत्वमा खटिएको प्रहरीले टोलीले आज धनगढी बसपार्क, ट्राफिक चौराह, अत्तरिया बजार लगायतका ठाउँमा तालिम प्राप्त कुकुर मार्फत सुरक्षा चेकजाँच गरेको बताइएको छ ।  

सुरक्षा व्यवस्थालाई थप सुदृढ तुल्याउँदै जिल्लाभर साढे सात प्रहरी परिचालन गरिएको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । 

चाडपर्वका वेला चोरी, लुटपाट, झैझगडा लगायतका आपराधिक गतिविधि हुन सक्ने तर्फ सतर्कता अपनाउँदै यात्रुहरूको सहजताका लागि धनगढी सहितका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button