एनआरएनए सम्मेलन स्थगित
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन र गैर आवासीय नेपाली विश्व सम्मेलन स्थगित भएको छ ।
गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको १० अक्टोबर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट भएको बैठकले महाधिवेशन र विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।
गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।
बैठकले मन्त्रालयको सुझाव अनुसार पूर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैर आवासीय नेपाली विश्व सम्मेलन र मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित पक्षसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय समेत बैठकले गरेको छ ।
गैर आवासीय नेपाली सङ्घको महाधिवेशनका लागि काठमाडौँ आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरूमा पुगेको असुविधाप्रति गैर आवासीय नेपाली सङ्घले क्षमा याचना गरेको गैर आवासीय नेपाली संघका प्रवक्ता डिबि क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्