तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : रेल्वे विधेयक, २०७६ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 

बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेश गर्नु भएको रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नुभयो । 

बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक आगामी कात्तिक ९ गते मङ्गलवार दिनको १ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button