बाजुरामा भिरबाट लडेर गम्भीर घाइते पुरुषको हेलिकप्टरमार्फत उद्दार

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी गम्भीर घाइते भएका एक जना पुरुषको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
शुक्रवार भिरबाट लडी गम्भीर घाइते भएका स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी घाइते पुरुषकी श्रीमतीसहित चार जना नेपालगंज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो।
घाइते बुढाको स्वामिकार्तिक खापर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा सुदूरपश्चिम प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
घटना भएको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि पहल गरिएको र अहिले उद्धार गरी पठाइएको बताउँदै मन्त्री जोशीले उद्धारका क्रममा लाग्ने खर्च समेत प्रदेश सरकारले बेहोर्ने बताउनुभएको छ ।
घाइते बुढाको छाती र टाउकोमा गम्भीर चोट रहेको स्थानिय रमेश बिकले बताउनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्