तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ।

बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।  उक्त परीक्षण उडानका क्रममा  ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताउनुभएको छ।

उहाँका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण  इन्धन भू–यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ। 

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट A1 इन्धन र J 2.4 को उपयोग गर्ने  विमान र यसमा समानता पाइएको छ। यातायात मन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै भएको बताउनुभएको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button