प्रदेश नंं २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत प्राप्त
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ को प्रदेश सभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमा विभाजन भएपछि मुख्यमन्त्रीले संविधानको धारा ८८ को २ अनुसार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्रीको पक्षमा ७७ जना र विपक्षमा २३ जनाले हस्ताक्षर गर्नु भएपछि मुख्यमन्त्री राउतले दुई तिहाइ मत प्राप्त गर्नुभयो ।
मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतमा जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रका प्रदेश सभाका सदस्यहरूले समर्थन गर्नुभएको छ ।
अहिले प्रदेश नंं २ मा जनता समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सरकारमा रहेको छ भने नेकपा समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने तयारीमा रहेको छ ।
मोहम्मद लालबाबु राउतलाई विश्वासको मत नदिने दलमा लोकतान्त्रिक समाजवादी पार्टी तथा नेकपा एमालेका प्रदेश सभाका सदस्यहरु रहनुभएको छ ।
प्रदेश नंं २ को प्रदेश सभामा १ सय ७ सदस्य हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्