तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल फ्रेमवर्कको अवधारणाभित्र रहेर काम गर्न मातहतका निकायलाई सञ्चार सचिवको निर्देशन

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालय मातहतका सबै निकायलाई डिजिटल फ्रेमवर्कको अवधारणाभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समितिको बैठकमा सचिव डा. अर्यालले सूचना प्रविधिमैत्री ढङ्गबाट काम कारबाही गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको हो ।

मन्त्रालय मातहतका सबै निकायहरूले त्रैमासिक अवधिमा पुरा गर्नुपर्ने काम पुरा नभएको भए कार्यसम्पादन सम्झौता अनुरूप अबको ५ दिनभित्रमा सक्ने गरी काम गर्न समेत सचिव डा.अर्यालले निर्देशन दिनुभयो ।

उहाँले चाडबाड नजिकिएसँगै कार्यालयको सुरक्षा व्यवस्था मिलाउन निकायका प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

मन्त्रालयमा आज चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन कार्य योजनाको प्रगति, मन्त्रालय मातहतका निकायहरूसँगको कार्यसम्पादन सम्झौता र त्यसमा देखिएका समस्या समाधानमा मन्त्रालयले गर्नुपर्ने सहजीकरणको विषयमा मातहत निकायका प्रमुखहरूसँग छलफल भएको हो ।

बैठकमा मन्त्रालय मातहतका महाशाखा प्रमुख, विभागीय प्रमुख र कार्यकारी प्रमुखहरूले आ–आफ्ना निकायमा भइरहेका काम र समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button