मेलम्ची नगरपालिकाले बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक टुङ्गो लगायो
सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी( लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ । हिजो बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
यसै वर्षदेखि लानुहुने गरी विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलवभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो । जसमा विद्यालय सहायक कर्मचारीको लागि सघिंय सरकार बाट प्राप्त १३ हजार ५ सयमा नगरपालिका बाट तिन हजार पाँच सय थप गरी मासिक पारिश्रमिक १७ हजार निर्धारण गरिएको हो । प्रारम्भिक बाल विकास सहजकर्ताको लागि ८ हजार र नगरपालिका बाट ७ हजार थप गरी १५ हजार निर्धारण गरिएको छ ।
त्यस्तै नगरपालिका बाट नियुक्त गरिएका बाल विकास सहजकर्ताको लागि नगरपालिका बाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका विद्यालय सहयोगीलाई सघिंय सरकार बाट प्राप्त ६ हजार ५ सय र नगरपालिका बाट ५५ सय थप गरी १२ हजार निर्धारण गरिएको छ । कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनका आएको विद्यालयका सहयोगीहरूलाई सघिंय सरकार बाट प्राप्त ९ हजार ५ सय र नगरपालिका बाट ५ हजार थप गरी १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्