तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली बहुप्राविधिक शिक्षालयले पायो अध्यापन अनुमति

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालनमा ल्याइएको महाकाली  बहुप्राविधिक शिक्षालयले अध्यापन अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट बहुप्राविधिक शिक्षालयले प्राविधिक विषयमा अध्यापन गर्नका लागि अनुमति पाएको हो ।

महाकाली बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्नोलोजी विषयको अध्यापन  हुने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताएका छन् । उनले यी दुवै विषयमा यसै वर्षदेखि अध्यापन शुरु हुने बताए ।

‘लामो प्रयासपछि आज प्राविधिक विषय पढाउने अनुमति पत्र पाएका छौँ,’ उनले भने, ‘अब महेन्द्रनगरमा विद्यार्थीहरूले कम शुल्कमा  डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्नोलोजी पढ्न पाउँछन् ।’ 

भीमदत्त नगरपालिकाको लगानी तथा व्यवस्थापनमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुनेछ । महेन्द्रनगरमा निजी क्षेत्रबाट सञ्चालनमा रहेको  फारवेष्ट स्कुल अफ मेडिसिनले समेत यी विषय अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button