प्रदेशस्तरीय भलिबलका लागि बझाङबाट खेलाडी छनोट

बझाङ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।
जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीहरू बीच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका १२ वटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका नौ जना खेलाडीलाई छनोट गरी उनीहरूकै टिम बनाइएको छ ।
जिल्ला खेलकुद समितिका अनुसार छनोट भएका खेलाडीमा दिनेश शाही, सन्दीप शाही, सुरेश मल्ल, शिरिस सिंह धामी, विकास सिंह, अनिल सिंह, रवीन्द्र सिंह, दिनेश धामी, प्रशान्त कठायत छनोट भएका छन् । उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । टिम कोच र व्यवस्थापक सहित छनोट भएका खेलाडीहरू आज कैलालीको धनगढीमा प्रस्थान भएका छन् ।









प्रतिक्रिया राख्नुहोस्