तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक

काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनी व्यवस्थाबारे छलफल गरेको छ । 

समितिको आजको बैठकमा सांसदहरुले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक रहेको बताउनुभयो । 

सांसदहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुमा पनि समस्या रहेको, लिभिङ टुगेदर समस्या बन्दै गएको र बलात्कार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नहुँदा समस्या देखिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button