तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको महाधिवेशन: काठमाडौँ महानगरको मतगणना जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज काठमाडौँ महानगरपालिकामा नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भई मतगणना भइरहेको छ । 

पछिल्लो विवरण अनुसार काठमाडौँ महानगरपालिकामा कुल १ हजार ३ सय २९ मत खसेकोमा करिब ५ सय मत गणना भइसकेको र मतगणना कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिनुभयो ।

हालसम्म भएको मतगणना अनुसार महानगर समितिका सभापतिका उम्मेदवार नीलकाजी शाक्य अगाडि रहनुभएको छ भने अर्का उम्मेदवार प्रगतिमान रञ्जितले पछ्याई रहनुभएको निर्वाचन समितिले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले काठमाडौँ अन्तर्गतका ११ पालिका मध्ये दक्षिणकाली नगरपालिकाको एक वडाको अधिवेशन हुन नसकेका कारण पालिका अधिवेशन स्थगित भएको र कीर्तिपुर नगरपालिकामा सहमतिका लागि भोलि सम्मको समय दिइएको बताउनुभयो ।  

यस बाहेक काठमाडौँ जिल्ला अन्तर्गतका बाँकी ८ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ पदाधिकारीहरूको चयन भइसकेको जिल्ला निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button