तपाईँ सुन्दै हुनुहुन्छः

इपीएलमा चितवन टाइगर्सको लगातार चौथो जित

अजय बम काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले लगातार चौथो जित निकालेको छ ।

आइतबार भएको खेलमा साबिक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गरेको हो । चितवनले ४ खेलमा ८ अङ्क जोड्दै क्वालिफायरमा प्रवेश गरेको छ ।

यो नतिजा सँगै पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले प्ले अफमा स्थान बनाएका छन् । ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । चितवनको जितमा मोहमद साहजादले ३५ भीम सार्की २७ तथा दिलीप नाथले अविजित १६ रन बनाए ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाई र रिजन ढकालले २र२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । 

ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन बनाए भने सूर्य तामाङ ११ रनमा र ललित राजवंशी ९ रनमा अविजित अविजित  रहे । 

ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ तथा करिम जनत र सागर ढकालले २–२ विकेट लिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button