नागरिकता र मतदाता नामावली सङ्कलन सहज बनाउन माग
बीरगंज । नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरीको नेतृत्वमा पर्साबाट गएको प्रतिनिधि मण्डलले आज गृहमन्त्री बाल कृष्ण खाँणसँग भेट गरी नागरिकता र मतदाता नामावली सङ्कलन कार्यलाई सहज बनाउन माग गरेको छ ।
टोलीले गाउँपालिका तथा नगरपालिकाका प्रत्येक वडामा नागरिकता वितरण टोली खटाएर जनतालाई सरल र सहज तरिकाले नागरिकता उपलब्ध गराउनुपर्ने नयाँ मतदाताहरूको नामावली सङ्कलनका लागि निर्वाचन आयोगले गाउँ गाउँमा मतदाता नामावली सङ्कलन का लागि टोली खटाउनुपर्ने माग गरेको पूर्व मन्त्री चौधरीले बताउनुभयो ।
त्यस अवसरमा गृहमन्त्रीले तत्काल गृह सचिव र पर्साका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी नागरिकता वितरणलाई सहज बनाउन निर्देशन दिनुभएको नेता चौधरीले बताउनुभयो । गृह मन्त्रीले मतदाता नामावली सङ्कलनका लागि तत्काल निर्वाचन आयोगमा कुरा गरी समस्या समाधान गरिने आश्वासन दिनुभएको पूर्व मन्त्री चौधरीले बताउनुभयो ।
यसैगरि पर्साबाट गएको टोलीले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गरेको छ । प्रधानमन्त्री देउवालाई टोलीले पर्सामा बहु वर्षीय योजनाहरू अलपत्र रहेको हुँदा जनताले दुःख पाएको प्रति ध्यानाकर्षण गराएको थियो ।
टोलीले अलपत्र रहेको तिलावे पुल, हुली सडक, एकटांगा पुल भलुवाही पुल यथाशीघ्र यसै बर्ष सम्पन्न हुने गरी निर्माण गर्न माग गरेको छ । टोलीमा नेपाली कांग्रेस पर्साका जिल्ला समिति सदस्य शैलेन्द्र यादव, श्री कृष्ण चौहान, ढेडी यादव, पर्टेवा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्