तपाईँ सुन्दै हुनुहुन्छः

र्याफ्टीङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । र्याफ्टीङ गर्ने क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ । 

आइतबार मध्यान्ह दोलखा जिल्ला मेलुङ गाउँपालिका ४ का २२ वर्षीय साजन खड्काको र्याफ्टीङ गर्ने क्रममा सुनकोसीमा खसेर मृत्यु भएको हो ।

सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । 

शनिबार सुकुटे बिच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेक आउट’ भई स्प्लास नेपाल एडभेन्चर कम्पनीबाट र्याफ्टीङमा गएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button