तपाईँ सुन्दै हुनुहुन्छः

६६ औँ प्रहरी दिवस: हेटौँडामा वृक्षारोपण र मास्क वितरण

मकवानपुर । ६६औँ प्रहरी दिवसका अवसरमा आइतबार हेटौँडामा वृक्षारोपण र मास्क वितरण गरिएको छ । दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले मास्क वितरण गरेको हो । 

कार्यक्रमको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले मास्क वितरण गरेर शुभारम्भ गर्नुभएको थियो । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले प्रहरीले “तपाइको मास्क खोइ?” अभियानसहित ६६ औँ प्रहरी दिवसको अवसरमा मास्क वितरण गरेको हो । 

कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै ६६ औँ प्रहरी दिवसका अवसरमा आइतबार हेटौँडामा वृक्षारोपण कार्यक्रम आयोजना गरियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौँडाको कर्रा खोला किनारमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ति डिभिजन वन कार्यालयका दिर्घनारायण कोइराला लगायतको उपस्थिति रहेको थियो । 

कर्रा खोला किनारमा अमला, आँप कटहर लगायतका बिरुवा रोपिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button