विषालु सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु

भद्रपुर, झापा । विषालु सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु भएको छ ।
झापाको बाह्रदशी–१ का ५५ वर्षीय मानबहादुर थापाको कालो गोमन सर्पले डसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिवार दिउँसो उनलाई घरभित्र कोठामै सर्पले डसेको थियो । उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्