तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्छ: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका अधिवेशनको आज उद्घाटन गर्नुहुँदै नेता सिंहले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताउनुभयो । 

आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धीकरण र सुदृढ गर्नुपर्ने उल्लेख गर्नुहुँदै नेता सिंहले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरूले पार्टीमा अभिभावकत्व निर्वाह गर्नुपर्ने बताउनुभयो । 

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिस्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई कम्युनिस्टको कहरबाट बचाउन पनि नेपाली काँग्रेसमा आमूल परिवर्तन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button