सरकार विस्तारबारे माओवादीले भोलि छलफल गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा भोलि बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ ।
आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको र त्यस विषयमा भोलिको बैठकमा छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
यस्तै बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको र अध्यक्षका प्रत्याशी धेरै भएकाले अध्यक्षको चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको पनि प्रवक्ता महराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्