‘सरकार बनाउने प्रतिबद्धताका साथ क्रियाशील हुनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ काँग्रेसका नेता कार्यकर्ता क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिको दोस्रो अधिवेशनको आज उद्घाटन गर्नुहुँदै सह महामन्त्री डा. महतले पार्टीको विचार जनता समक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको पनि बताउनुभयो ।
अघिल्लो निर्वाचनमा बढी मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरूप नयाँ सरकार गठन गर्ने अवस्था आएको भन्नुहुँदै सह महामन्त्री डा. महतले काँग्रेसले आफ्नै नीति तथा कार्यक्रम लागू गर्न आगामी निर्वाचन जितेर एकल सरकार बनाउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्