तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली नाका खुले पनि भारतीय खुलेनन्

जनकपुरधाम । जिल्ला सुरक्षा समितिहरूको बैठकले प्रदेश २ का अधिकांश जिल्लामा सीमा नाका खुल्ला गरे पनि भारतीय सीमा नाका भने बन्द नै रहेका छन् ।

भारतबाट आउने सवारी साधनलाई मापदण्ड पुरा गरेपछि नेपाल प्रवेश गर्न दिइए पनि नेपाली गाडी भारतीय क्षेत्रमा प्रवेश गर्न नपाउँदा सीमा क्षेत्रका बासिन्दा मर्कामा परेका छन् ।

सीमा नाकामा खटेका भारतीय सुरक्षाकर्मीले नेपाली गाडी प्रवेशमा रोक्ने गरेका छन् । केन्द्रको निर्देशन नआएसम्म छाड्न नमिल्ने पिपरौन पोस्टका भारतीय सुरक्षा जवान निरज कुमारले जानकारी दिनुभयो । 

नेपाल भारतको सीमा नाका बन्द हुँदा नेपाल र भारतका नागरिकबिच बिहेबारीमा व्यापक मात्रामा कमी आएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नेपाल प्रवेश गर्नका लागि नेपाल सरकारले तोकेअनुसारको मापदण्ड पुरा गरेर भन्सार कटाएपछि भारतीय गाडी सहितका भारतीय नागरिकलाई प्रवेश गर्न दिइएको बताउनुभयो । नेपाली पक्षले सीमा नाका खुल्ला गरेकोले अब भारतीय पक्षले पनि नाका खोल्ने उहाँको विश्वास छ ।

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भारतीय राजदूतावासको सिफारिस लिएर जाने नेपाली सवारी साधनलाई प्रवेश गर्न दिए पनि अन्यलाई प्रवेश गर्न नदिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button