तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराका खोप केन्द्रहरूमा हेल्प डेस्क स्थापना

डडेलधुरा । डडेलधुरामा कोरोना विरुद्धको खोप लगाइने केन्द्रहरूमा हेल्प डेस्क स्थापना गरिएको छ । 

कोरोना विरुद्धको खोप अभियानमा सहभागिता जनाउनेहरूलाई सहज रुपमा खोप प्रदान गर्नका लागि जिल्लाभर ५६ वटा खोप केन्द्र रहेको स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ ।  

इको पार्टअफ कोर्डेडको आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेलधुराले खोप लगाउन जाने मानिसलाई सहज होस् भनेर हेल्पडेस्क स्थापना गरी सुरक्षा सामग्रीका साथै खानेपानी वितरण गरेको जनाएको छ । 

जिल्लाका विभिन्न स्थानहरूमा कोभिड–१९ आपतकालिन प्रतिकार्य कार्यक्रम मार्फत हेल्पडेस्क राखेर ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त र अपागंता भएका व्यक्ति र आर्थिक अवस्थामा कमजोर रहेकालाई आवतजावतमा सहयोग गर्नुका साथै स्वास्थ्य सुरक्षा सामग्रीमा सहजीकरण गरेको संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महरले जानकारी दिनुभयो ।

यसभन्दा अघि डडेलधुरा अस्पताल, जोगबुडा अस्पताल, डोटीको जिल्ला अस्पताललाई डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप मास्क, अक्सिजन कन्सिटेटर, भेन्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेड क्याप लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।  

सहयोगी संस्था तथा सहजीकरण गर्ने संस्थाको लोगोसहितका टिसर्ट र एप्रोन समेत चिकित्सक र अन्य कर्मचारीलाई वितरण गरिएको परियोजना संयोजक शिवराज पाठकले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button