समावेशी आयोगले काम कारबाही प्रभावकारी बनाउने
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ ।
आयोगले पूर्णता पाएको १०० दिनका अवसरमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनाले लक्षित वर्गको संरक्षण, सशक्तीकरण र विकास तथा सहभागिता सुनिश्चित गर्ने नीति पहिचान गर्नुका साथै संस्थागत क्षमता विकास गरी अध्ययन अनुसन्धान गर्न समक्ष बनाउने बताउनुभयो ।
अध्यक्ष डा.तिमल्सेनाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको प्रचलन र पुनरावलोकन तथा सामाजिक सांस्कृतिक अधिकारको प्रचलन एवं प्रभावकारिता बढाउने समेत बताउनुभयो ।
आयोग स्थापना भएको झन्डै तीन वर्षपछि असार १० गते आयोगले पूर्णता पाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्