काँग्रेसको सोलुखुम्बुका चार पालिकामा निर्वाचन, चार पालिकामा सहमति

सोलुखुम्बु । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत सोलुखुम्बुका चार पालिकामा निर्वाचन र चार पालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको छ ।
सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा निर्वाचनबाट पालिकास्तरिय नेतृत्व टुङ्गो लगाइएको छ ।
खुम्बु पासाङल्हामू गाउँपालिका, माप्य दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको छ ।
सोलुदूधकुण्डमा सोनामग्याल्जेन शेर्पा, थुलुङ दूधकोशीमा भक्त गुरुङ, नेचासल्यानमा निरकुमार शर्मा, लिखुपिकेमा सुरज बस्नेत चुनावी प्रक्रियाबाट निर्वाचित हुनुभएको छ ।
खुम्बु पासाङल्हामूमा चुङबा शेर्पा, माप्य दूधकोशीमा नवीन कार्की, सोताङमा कृष्ण कार्की र महाकुलुङमा बलकुमार कुलुङ सर्वसम्मत पालिका सभापति चयन हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्