तीन वटा लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम

काठमाडौँ । अस्पतालमा रगतको अभाव हुन नदिने र मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीन वटा लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौँ हाइट, लायन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब जोन चियर पर्सन गुरु केदार बरालले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरूमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

“रगतको अभावका बिरामीको अकालमा ज्यान नजाओस् र ज्यान बनाउन सकियोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो,” लायन्स क्लब जोन चियर पर्सन बरालले भन्नुभयो, “लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको । समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।”
उहाँका अनुसार आज सङ्कलन गरिएको रगत थापाथलीस्थित प्रसूति गृहमा पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्