अशक्त छात्रलाई ल्यापटप प्रदान

बारा । बाराको निजगढ नगरपालिकाले भौतिक रुपमा पूर्ण अशक्त एक जेहनदार छात्रलाई ल्यापटप प्रदान गरेको छ । ल्यापटप पाउनेमा भौतिक रुपमा पूर्ण अशक्त १८ वर्षीय सुजल आचार्य रहेका छन् ।
कक्षा ७ मा अध्ययनरत आचार्य ब्रेन ट्युमरबाट पीडित हुनुहुन्छ । खुट्टाको भर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा समेत हिँडडुल गर्न नसक्ने आचार्यले ल्यापटप पाउँदा खुसी प्रकट गर्दै आफूले नजाने पनि सिकेर चलाउने बताउनुभयो ।
निजगढ नगरपालिका वडा नं.९ का सुजलले ल्यापटप पाउने र धेरै सिक्ने कुरा कल्पना नभए पनि नगरपालिकाले प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
निजगढ नगरपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्ययनरत पूर्ण अपाङ्ग आचार्यको अध्ययन गर्ने रुचिलाई ध्यानमा राखेर नगरपालिकाका तर्फबाट घरमै पुगेर ल्यापटप वितरण गरिएको नगर प्रमुख सुरेश कुमार खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्