मतगणना स्थलजान नदिएको भन्दै एम्बुलेन्स तोडफोड

बाजुरा । नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड तोडफोड भएको छ ।
नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिवेशनमा प्रदेश (ख) मा भएको निर्वाचनको मतगणना स्थल बडिमालिका नगरपालिकाको गेट भित्र राखेको एम्बुलेन्सको अगाडीको सिसा सबै फुटाएको प्रहरीले जनाएको छ ।
बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड समेत फुटाएर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो ।
‘नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले रातीको समयमा मदिरा सेवन गरी मतगणना स्थल नगरपालिकाको हलमा जान नदिएको भन्दै एम्बुलेन्स र डिजिटल बोर्ड तोडफोड गरेको भन्ने आफूले सुनेको छु, यो निन्दनीय छ’, बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो।
सो एम्बुलेन्स भारतीय दूतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उप शाखा बाजुराको नाममा रहेको छ एम्बुलेन्स कोभिड १९ को कारण बिरामी बोक्नुपर्छ भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय बाजुराले मर्मत गरेर ल्याएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति राम बहादुर शाहीले बताउनु भएको छ । यसरी सार्वजनिक सामानहरू तोडफोड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउन रेडक्रसले अनुरोध गरेको छ । सो विषयमा कसले फुटाएको हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्