तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा १ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

सुनसरी  । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३७ र ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१/५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३/३, ताप्लेजुङ र तेहृथुममा १/१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३/३, बेलबारीमा २, रङ्गेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १/१, झापाको दमक र कनकाईमा ८/८, बुद्ध शान्तिमा ७, बिर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५/५, अर्जुनधारामा ४, गौरादहमा ३, शिवसताक्षीमा २, बाह्रदशी, हाल्दिबारी र झापा गाउँपालिकामा १/१, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १/१, इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेह्रथुमको मेन्छेयायेममा १/१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ९१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button