डडेलधुरामा चाडबाड लक्षित सुरक्षा योजना लागु

डडेलधुरा । स्थानीय प्रशासन डडेलधुराले चाडपर्वमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै डडेलधुरामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ ।
हिन्दु धर्मावलम्विको महान् पर्व वडादशै, तिहार नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पारेको स्थानीय प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।
चाडपर्वको समयमा विभिन्न आपराधिक गतिविधिहरू बढ्न सक्ने भएकाले जिल्लाका विभिन्न स्थानमा हाइवे चेकिङ, सवारी साधनमा निगरानी, सादा पोसाकमा प्रहरी परिचालन लगायतका अन्य सुरक्षा व्यवस्था लागु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले विभिन्न धार्मिक स्थलहरूमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी नित्य पूजा गर्दै साङ्केतिक रुपमा चाडपर्व मनाउन पनि आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्