तपाईँ सुन्दै हुनुहुन्छः

आमासँगै नुहाउन गएका बालिकाको पोखरीमा डुबेर मृत्यु

File photo

बारा । बाराको सिम्रौनगढमा जितिया पर्वको अवसरमा  आमासँगै नुहाउन गएका बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. १ ढाट टोल बस्ने जितन मुखियाकी ५ वर्षीया छोरी सुमन कुमारीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जितिया पर्वका लागि सोही स्थानमा रहेको पोखरीमा सुमन आफ्नो आमासँगै नुहाउन गएकी थिइन् । 

सोही क्रममा उनी पोखरीमा डुबेपछि उनकी आमाले उपचारको लागि नगर अस्पताल सिम्रौनगढमा लैजाने क्रममा बाटो मै मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
मृतक बालिकाको शव सोही अस्पतालमा रहेको प्रवक्ता मिश्रले जानकारी दिए । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक दिपक सुबेदीको कमाण्डमा  खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button