तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण कञ्चनपुरमा थप एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । थप उपचारका लागि सेती अस्पतालमा लगिएकोमा उपचारका क्रममा आज उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button