तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक अनुसन्धानात्मक कार्यका लागि सम्झौता

जुम्ला  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच शैक्षिक अनुसन्धानका लागि सम्झौता भएको छ । 

विश्व मुटु दिवसको अवसरमा बुधवार एक कार्यक्रमका बीच गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गङ्गालाल अस्पताल कर्णाली प्रतिष्ठान बीच जनशक्तिको सुदृढीकरण, शैक्षिक अनुसन्धान र जनशक्तिको आदान प्रदान लगायतका विषयमा सम्झौता भएको बताउनुभयो । 

सम्झौता अनुसार अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अध्ययन गर्ने  विद्यार्थीहरूले गङ्गालाल अस्पतालमा मुटु रोगका उपचारबारे तालिम लिन पाउनेछन् ।  गङ्गालालका विद्यार्थीहरूले पनि कर्णाली प्रतिष्ठानबाट आवश्यक सहयोग परामर्श लिने पाउनेछन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई मुटु रोग सम्बन्धी अनुसन्धान तथा तालिमका लागि गङ्गालाल अस्पतालले सहयोग गर्ने प्रतिष्ठानका उपकुलपति रावलले बताउनुभयो ।

गङ्गालाल अस्पतालका डा.चन्द्रमणि अधिकारीका अनुसार यो सम्झौताले कर्णालीको स्वास्थ्य सुदृढीकरण तथा अध्ययन अनुसन्धानका लागि कोशेढुंगा हुने छ ।

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सकलाई गङ्गालालमा दुई महिना सम्मको मुटु रोगको प्राथमिक उपचार तथा मुटु रोगका बारेमा तालिम प्रदान गरिने उहाँले बताउनुभयो  । 

“अनुसन्धानात्मक कार्यमा सहयोग गर्छौ ।” उहाँले भन्नुभयो, “यो सम्झौताले त्यहाँ पढ्ने मेडिकल विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास  छ ।”

सहकार्य र समन्वयका आधारमा गरिने कामले नजिता सकारात्मक दिने भन्दै सम्झौताले सुगम र दुर्गमको स्वास्थ्य सेवा प्रभावकारी तथा अध्ययन अनुसन्धान पनि परिणाममुखी हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button