तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयद्वारा ११ गाउँका बडघरलाई मोबाइल

टीकापुर कैलाली । टीकापुर नगरपालिका वडा नम्बर ६ ले ११ गाउँका बडघरहरुलाई १/१ थान मोबाइल उपहार दिएको छ । 

वडाका सिम्रेनी, लक्षिनापुर, मिलनपुर, नारायणपुर, प्रसेनी, पानीमूला, ओखरपुर, आम्बासा, बेलुवाबोझी, भगवानपुर र भर्तापुर गाउँका बडघरलाई मोबाइल उपहार दिइएको हो । 

नगरपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सूचना स्थानीय स्तरमा छिटो छरितो पुगाउनका लागि सजिलो होस् भन्ने उद्देश्यका साथ मोबाइल उपहार दिएको वडाध्यक्ष बलीराम चौधरीले बताउनुभयो । 

वडाले यसअघि चिराकी र महिला स्वास्थ्य स्वयंसेविका गरी २४ जनालाई साइकल पनि उपहार दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button