खोप लगाउन सबै नागरिकलाई मन्त्री भुसालको आग्रह

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गर्नुभएको छ ।
उहाँले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरू उपाय नभएकाले अधिकतम रूपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गर्नुभयो ।
उहाँले सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ गर्न चाडपर्वको महत्त्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि चाडपर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिनुभयो ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड–१९ को मापदण्ड पालना गर्न र शान्ति सुरक्षालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्