तपाईँ सुन्दै हुनुहुन्छः

जनचेतनामूलक कार्यक्रम गरी विश्व मुटु दिवस मनाइयो

काठमाडौँ । विश्व मुटु दिवस आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । 

विश्व मुटु दिवसको अवसरमा Heart to Heart Nepal ले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ७ वटै प्रदेशमा मुटु अस्पताल बनाउने बताउनुभएको छ । 

राज्यमन्त्री श्रेष्ठले मुटु रोग लगायत दीर्घ रोगको उपचारलाई सहज बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने उल्लेख गर्नुभयो । 

वरिष्ठ  मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगीको सङ्ख्या बढ्दै गएकोले जीवन शैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो । 

त्यस अवसरमा डा ऋषि कुमार काफ्ले डा. वसन्त पन्त डा.रवि  मल्ल डा आर पी बराल र कलाकार कृष्ण कँडेललाई सम्मान गरिएको थियो । 

हरेक वर्ष विश्वभर १ करोड ८६ लाम मानिसको मुटु रोगबाट मृत्यु हुने गरेको विश्व मुटु सङ्घले जनाएको छ । 

नेपालमा पछिल्लो दुई दशकमा मुटु रोगीको सङ्ख्या तीन गुणा बढेको छ । नेपालमा मुटुरोगीको सङ्ख्या ७५  लाख रहेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button