तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवा ग्लाडीयटर्सद्वारा विराटनगर वारिसर्य पराजित

काठमाडौँ । भैरहवा ग्लाडीयटर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बुधवार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पहिलो खेलमा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा बुधवार साबिक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

वर्षाका कारण आउट फिल्ड भिजेपछि दुई घण्टा ढिला सुरु भएको खेल ७ ओभरमा घटाइएको थियो । जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अङ्क जोडेको छ । 

पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अङ्क पाएको थियो । 

ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौँ किङ्स–११ सँग पराजित भएको थियो । अङ्क विहीन ललितपुर पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button