क्यानका सचिव प्याकुरेलद्वारा राजीनामा
काठमाडौँ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले सचिवबाट राजीनामा दिनुभएको छ । साथै उपाध्यक्ष राजाबाबु श्रेष्ठले पनि प्याकुरेलसँगै राजीनामा दिनुभएको छ ।
करिब चार दशकदेखि क्यानमा विभिन्न पदमा रहेर काम गर्नुभएका अशोकनाथले अचानक पदबाट राजीनामा दिनुभएको हो ।
अशोकनाथले क्यानमा आफ्नो योजना र मिसन पुरा भएको, अहिले क्यान पूर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो सङ्घलाई नयाँ तरिकाले अगाडी बढाउनुपर्छ भन्दै राजीनामा दिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्