भीमदत्त नगरपालिकाका सडकहरूको अवस्था जीर्ण

कञ्चनपुर । कञ्चनपुरको सबै भन्दा ठुलो नगरपालिका रुपमा रहेको भीमदत्त नगरपालिकाका सडकहरूको अवस्था जीर्ण रहेको छन् । सडक सञ्जालको अवस्था जीर्ण भएका कारण नगरवासीले निकै सास्ती खेप्नु परेको छ । सडकहरूको अवस्था दिनप्रतिदिन बिग्रिँदै गइरहेको नगरवासीहरूको गुनासो छ ।
भीमदत्त नगरपालिका भित्र रहेको दुई सय किलोमिटर सडक मध्ये एक सय ४० किलोमिटर सडक कालोपत्रे भइसकेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताउनु भएको छ । उहाँले अहिले खाल्टा खुल्टी भएको ठाउँमा ग्राभेल गरेर पुर्ने काम भइरहेको बताउनुभयो ।
वडागत रुपमा हरेक वर्ष ४० किलोमिटर सडक ग्राभिलिङ्ग गर्नु पर्ने भए तापनि बजार लगायत अन्य क्षेत्रमा रहेका खाडलहरू भने मर्मत सम्भार हुन सकेका छैनन् ।
सडक निर्माण भएको यति लामो समय बितिसक्दा पनि त्यसको मर्मत नगरिएको कारण यस्तो समस्या सिर्जना भएको भीमदत्तका सूचना अधिकारी धामीले बताउनु हुन्छ ।

महाकाली नदी बाट नदीजन्य पर्दाथ ढुवानी हुने र त्यसमा पनि गाडीहरू बढी लोड बोकेर आवतजावत गर्ने भएकाले पश्चिम तिरको सडकको अवस्था बिग्रँदै गएको पाइन्छ । यद्यपि त्यसमा नगरपालिकाले चासो दिन सकेको छैन ।
अहिले पछिल्लो समय खास गरी बजार क्षेत्र र पश्चिम तर्फ मझगाउँ एयरपोर्ट जाने सडक नेपाल सरकार शहरी विकास मन्त्रालय मार्फत एडिबीको सहयोगमा कञ्चनपुरका चार नगरपालिका मध्ये भीमदत्त नगरपालिकामा पनि करिब ३५ किलोमिटर सडक आधुनिक किसिमले निर्माण गर्ने बहुर्बषीय योजना रहेकाले सुरुमा ढल बनाएर त्यसपछि सडक कालोपत्रे गर्ने योजना भएकाले बजार क्षेत्र र पश्चिम तर्फ मझगाउँ एयरपोर्ट देखि ऐरीघाट जाने सडक र अन्य सडकहरू जस्तै विष्णु धाम जाने सडक लगायत अन्य सडकहरू आधुनिक किसिमले निर्माण गर्ने योजना अन्तर्गत भएकाले खाल्टा खुल्टी व्यवस्थापनमा ढिलाइ भएको सूचना अधिकृत धामीको दाबी छ ।
त्यसै गरी यो बाहेक मर्मत गर्नुपर्ने थुप्रै सडकहरू भए पनि बजेटको अभावले मर्मत गर्न नसकिएको र अब ग्राभिलिङ गरेर भए पनि सवारी साधन चल्न सहज हुने गरी नगरपालिकाले काम थाल्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्